३० कार्तिक २०८३, सोमबार

बारा २ उपनिर्वाचनः मतदान सुरु, धाँधली गर्न खोज्नेलाई सिधै गोली हान्न निर्देशन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० वैशाख । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदाताहरु बिहानै देखि मतदान गर्न लाइनमा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार यहाँको निर्वाचनको लागि एक हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय ५ सशस्त्र प्रहरी र ३ सय नेपाली सेना परिचालन गरिएको छ ।

उनका अनुसार कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

यहाँको निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा १ सय ३८ मतदान केन्द्र तोकिएको छ । त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको प्रशासनले जनाएको छ ।

महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३ सय १४ महिला रहेका छन् ।

बारा-२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको मतगणना बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ ।