
काठमाडौं, १० वैशाख । सरकारले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएको छ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा आज उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिइएको छ ।












प्रतिक्रिया