२९ आश्विन २०८३, बिहिबार

कस्तो छ राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शनिबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।

राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।