
काठमाडौं, १० वैशाख । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज आइतबार मतदान हुँदैछ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा तनहुँ १ को लागि ९ जना, चितवन २ मा २४ जना र बारा २ मा ३६ जना गरी ६९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा निधक्क भएर मतदान गर्न मतदाता समक्ष अपिल गरेको छ ।
सरकारले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा आज सावजनिक विदा दिएको छ । मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म सार्वजनिक विदा दिइएको छ।











प्रतिक्रिया