२९ आश्विन २०८३, बिहिबार

केपी ओलीको प्रश्न– सरकारी हेलिकोप्टर चढेर पदको प्रलोभन दिनेलाई आचारसंहिता लाग्छ कि लाग्दैन ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तागठबन्धनले निर्वाचन आचारसंहितको धज्जी उडाएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्ताधारी दलहरूले सरकारी हेलिकोप्टरको दुरुपयोग गरी निर्वाचन क्षेत्रमा गएर विभिन्न पदको प्रलोभन दिएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका हुन् ।

सरकारी हेलिकोप्टर लिएर प्रलोभन बाँड्ने र बुथ कब्जा गर्ने तयारी सत्ता गठबन्धन दलहरूको रहेको ओलीको दाबी छ ।

कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्ने जमातहरुलाई पराजित गर्र्दै अघि बढ्नुपर्ने ओलीको भनाइ छ ।