२९ आश्विन २०८३, बिहिबार

एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । नेकपा एमालेले आफ्नो पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिनाअघि सुरू गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज पनि काठमाडौं, काभ्रेपलाञ्चोक, कास्की, गोरखा, स्याङ्जा, लमजुङ र सिन्धुपाल्चोकलगायत जिल्लाहरूमा विभिन्न गतिविधिहरू भएका छन् ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

काठमाडौं

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभएको छ । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उहाँले जानकारी दिनुभएको छ । काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउने र पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्ने उहाँले बताउनुभयो । प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको उहाँको भनाइ थियो ।

नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलो पटक गरिएको भन्दै उहाँले पार्टीले के अपेक्षा राखेको थियो र के कस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने धारणा राख्नुभयो ।

काभ्रेपलाञ्चोक

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारको अयोग्यताले देशमा समस्या उत्पन्न भएको बताउनुभएको छ । काभ्रेको भुम्लु गाउँपालिकामा मिसन ग्रासरुट अभियानअनतर्गत आयोजित जनवर्गिय संगठनहरूको वृहत भेला तथा पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तासाझेदार दलहरूमा राजनीतिको सम्पूर्ण उदेश्य सत्तामा पुग्ने र स्रोत साधन दुरूपयोग गर्ने मान्यता रहेको बताउनुभयो ।

सचिव विष्टले जबसम्म नेकपा एमालेले बहुमत प्राप्त गर्न सक्दैन तबसम्म देशले समृद्धि र जनताले सामाजिक न्याय प्राप्त गर्न नसक्ने दाबीसमेत गर्नुभयो । नेकपा एमालेले परिवर्तनको अगुवाई गरेको उहाँको उहाँको धारणा छ । देशभित्र र देशबाहिरका कम्युनिष्ट पार्टी विरोधी शक्तिहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लगातार नेकपा एमालेमाथि हमला गरिरहेका उहाँले बताउनुभयो ।

कास्की

नेकपा एमाले कास्कीको मिसन ग्रासरूट अभियानको समिक्षा बैठक शनिबार सम्पन्न भएको छ । पार्टी सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता तथा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा पाँच ओटा पालिकाको समिक्षा गरिएको छ । बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले मिसन ग्रासरूटले पार्टीको अबस्थासँगै पार्टीका नेता कार्यकर्ताहरूको आचरण र व्यवहार सुधार गर्दै सही र सुव्यवस्थित पार्टी निर्माण गर्ने उद्देश्य रहेकोले समिक्षामार्फत कमी कमजोरी सुधार्न सहयोग हुने बताउनुभयो ।

गतिशील पार्टी संगठनबाट नै शक्तिशाली बल निर्माण हुने भन्दै उहाँले आगामी थप कार्ययोजनाका बाटो तय गर्न समिक्षा बैठक फलदायी हुने धारणा राख्नुभयो । बैठकमा पोलिट्ब्युरो सदस्य एवम् गण्डकी प्रदेशका सहइञ्चार्ज जगत बिश्वकर्माले अभियानले पार्टीलाई नयाँ व्यवस्थित उचाइ प्रदान गर्दै समृद्ध नेपाल निर्माणको आधार तय गर्ने धारणा राख्नुभयो ।

उहाँले पार्टीको कामलाइ पुनर्ताजगी गर्दै नयाँ प्रभाबशाली पार्टी निर्माणको काममा अगाडि बढ्न आग्रह गर्नुभयो । बैठककै क्रममा नेपाल समाजबादी पार्टी कास्की जिल्ला कमिटी सदस्य चेतनाथ भन्डारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई पोलिट्ब्युरो सदस्य बिश्वकर्मा, केन्द्रिय सदस्यहरू कृष्ण थापा, मायानाथ अधिकारी र कल्पना चापागाईंसहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो ।

कास्की

नेपाल बुद्विजीवी परिषद् गण्डकी प्रदेशको पहिलो अधिवेशन कास्कीको पोखरामा सम्पन्न भएको छ । नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरूट अभियान सफल भएको र उपयुक्त समयमा फेरि अभियान संचालन गर्नुपर्ने बताउनु भयो ।

बुद्धिजीवीहरू बुद्धीले काम गर्ने समुदाय भएको भन्दै उहाँले अहिलेको युग ज्ञानको युग भएकाले बुद्विजीवीहरूले देश निर्माणमा ज्ञान लगाउनुपर्ने धारणा राख्नुभयो ।

स्याङ्जा

मिसन ग्रासरूट अभियानअन्तर्गत स्याङजाको हरिनास गाउँपालिका कमिटी आयोजनामा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी पोलिट्ब्यूरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यमा र पालिका अध्यक्ष खीम नारायण मानन्धरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य थापामगरले नेपालमा समाजवाद स्थापनाको अगुवाइ गर्न सक्ने एक मात्र पार्टी नेकपा एमाले रहेको चर्चा गर्दै त्यसका लागि दलाल पुँजीवादले सृजना गरेका अवरोधहरू तोड्न सिङ्गो पार्टी योजनाका साथ अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

बैठकमा गण्डकी प्रदेश उप–सचिव रश्मि आचार्यले अभियानको दौरानमा आम जनताले एमालेप्रति देखाएको भरोसा अद्वितीय रहेको धारणा राख्दै त्यस अवस्थालाई पूँजिकृत गर्न अब पार्टी संगठनलाई नियमित परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । बैठकमा प्रदेश सचिवालय सदस्य चुन प्रसाद शर्मा, प्रदेश सदस्य नन्द कुमार थापा, जिल्ला सचिवालय सदस्य एवम् पालिका इन्चार्ज विष्णु चन्द लगायत नेताहरूले समिक्षात्मक भनाई राख्नु भएको थियो ।

काभ्रेपलाञ्चोक

काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका कमिटीले बृहत सरसफाइ कार्यक्रम गरि मिसन ग्रासरूट अभियान सम्पन्न गरेको छ । पार्टी पोलिट्ब्यूरो सदस्य एवम् संविधानसभा सदस्य रामेश्वर फुँयालको नेतृत्वमा पुण्यमाता खोलाबाट सुरु भएको कार्यक्रम त्रिवेणी घाटमा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिकाका उपमेयर गीता बन्जरा लगायत नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरू, पनौती नगरपालिका कमिटीका अध्यक्ष सुरेश हुँमागाइका साथै स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो ।

सामाजिक रूपान्तरणका लागि आफैँबाट कामको थालनी गर्नुपर्छ भन्दै जनता संग श्रम अभियानमा सहकार्य गर्न कार्यक्रम गरिएको पोलिट्ब्यूरो सदस्य फुयालले जानकारी दिनुभयो । काभ्रेमा पनौती नगरपालिका, खानिखोला र महाभारत गाउँपालिकामा अभियान सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १७ मा अभियानको समिक्षा बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले अभियान उपलब्धीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

गोरखा

गोरखा जिल्लामा मिसन ग्रासरूट अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष अध्यक्ष टुका हमालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरू रामशरण बस्नेत, तिलकबहादुर महत, रवीन्द्र अधिकारी, किशोरबिक्रम मल्ल र सम्झना देवकोटा साथै प्रदेश सचिवालय सदस्यहरू बाबुराम थापा, सुरेन्द्र थापा, कमल दानी लगायत नेताहरूको उपस्थिति थियो ।

बैठकमा सबै पालिका अध्यक्षहरूले अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै, जिल्लाको समिक्षा प्रतिबेदन तयार पार्न प्रतिबेदन लेखन समिति गठनसमेत गरिएको छ ।

लमजुङ

लमजुङ जिल्लामा मिसन ग्रासरुट अभियानको समिक्षा सकिएको छ । एमाले लमजुङको सचिवालय बैठकले समिक्षा बैठक गरेको हो । पार्टी अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठक एमाले केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा लमजुङका लागि प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्यहरू सम्झना देवकोटा, मिना कुमारी गुरुङलाई बिदाई पनि गरिएको थियो । यस्तै, अनेमसंघको केन्द्रीय अध्यक्ष भएकोमा लमजुङकी सहइन्चार्ज टुका हमाललाई दोलल्ला ओढाएर सम्मान पनि गरिएको एमाले लमजुङका सचिव सुवास पौडेलले जानकारी दिनुभयो । बैठकमा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोक

नेकपा(एमाले)का केन्द्रिय सदस्य निर्मल भट्टराईले नेपाली जनतालाई मुक्ति दिलाउने र देशलाई समाजवादको बाटोमा डोहोर्याउने एकमात्र शक्ति नेकपा(एमाले) रहेको बताउनुभएको छ । नेकपा(एमाले) बाह्रबिसे नगरपालिकाद्वारा आयोजित अग्रज सम्मान तथा मिसन ग्रासरूट अभियान समापन विशेष समारोहमा उहाँले एमालेलाई आजको अवस्थामा ल्याइपुर्यारउन नि:स्वार्थ आफ्नो रगत पसिना बगाउने अग्रज एमालेका वास्तविक पथप्रदर्शक भएको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्दिय सदस्य तथा सिन्धुपाल्चोकका एमाले नेता सरेश नेपालले नेपाली जनतालाई शोषण र उत्पीडनबाट मुक्ति दिलाउन एमालेले अथक प्रयत्न गरिरहेको बताउनुभयो । पालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य निमफुन्जु शेर्पा, सुर्य लामा, रेसबहादुर लामा, बीरबहादुर धामी, थरीबहादुर तिमल्सिना, सिध्दिबहादुर रखाल, ताराबहादुर तामाङ, वाङ्नुर्पु शेर्पा, शिवबहादुर गुरुङ, लालबहादुर नेपाली, तिलकबहादुर राउत, नरबहादुर तामाङ, ठाकुरप्रसाद पौडेल, दावा लामा, मानबहादुर तिमल्सिना, डम्बरकुमारी भण्डारी, लालबहादुर तामाङ, मीनबहादुर श्रेष्ठ, टंक शेर्पा, कृष्णबहादुर पौडेल, कुमार श्रेष्ठ, नैनबहासदुर पौडेल, ताराचन्द्र ढकाललगायतका अग्रजलाई सम्मान गरिएको थियो ।

साथै, निमपासाङ शेर्पा, भुपाल लामा, वीरेन्द्र मगर, धनमाया ढकाल, कृष्णबहादुर तिमल्सिना र बिन्द्रप्रसाद ढकाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।