
काठमाडौं, ९ वैशाख । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका व्याँस गाउँपालिका–२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी मृत फेला परेका छन् ।
शनिबार दिउँसो तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको ५ सय मिटर तल शव फेला परेको हो ।
उनी भारत जाने क्रममा तुइनबाट खसेका प्रहरीले जानकारी दिएको छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया