
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको र नेकपा माओवादी केन्द्र महाविपत्तिउन्मुख रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले विचारको दृष्टिककोणबाट कांग्रेस बुढो भएको बताएका हुन् ।
कांग्रेसका युवाहरूले समेत बुढो र थोत्रो विचार बोकेकाले परिवर्तन सम्भव नरहेकको ओलीको भनाइ छ ।
यस्तै उनले माओवादीलाई विचारविहीन पार्टीको संज्ञा दिएका छन् । दर्शन, धक्का, क्रमभंग, छलाङ हान्दाहान्दै माओवादी महाविपत्तिमा पुग्ने र समाप्त हुने ओलीको भनाइ छ ।
विचारबिहीनहरूको लहर कहिलेकाँही आउने गरे पनि टिकाउ नहुने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टी भनेको नेकपा एमालेजस्तो समयानुकुल हुनुपर्ने बताए ।
अहिलेको अवस्थामा एमाले मजबुत पार्टी भएको र एमालेसँग कोही कसैले एक्लै भीड्न र टिक्न नसक्कने अवस्थामा पुगेका बताए । आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने ओलीको कथन छ ।















प्रतिक्रिया