
दार्चुला, ९ वैशाख । तुइनबाट खसेर दार्चुलामा एक जना पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएका हुन् ।
भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा नदीमा खसेको बताइएको छ ।















प्रतिक्रिया