३ कार्तिक २०८३, मंगलबार

पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप, स्थिति तनावग्रस्त

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । विराटनगर आज पनि तनावग्रस्त बनेको छ ।

पदम लिम्बूको शवलाई सहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

प्रहरीले दर्जनौँ सेल अश्रृग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते लिम्बूको मृत्यु भएको थियो ।

सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी गर्न लागिएको हो ।