
काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका छन् ।
आज शनिबार काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आम जनतालाई आर्थिक र राजनीतिक क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको भए पनि अहिले पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका हुन् ।
अहिले पनि संघीयता र परिवर्तनको आत्मसात्करण गर्न नसकेकाले अझै मेहेनत गर्न आवश्यक रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान धेरै प्रगतिशील भएको र यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको जिकिर गरेका छन् ।















प्रतिक्रिया