३ कार्तिक २०८३, मंगलबार

भोलि चितवनमा सवारीसाधन चलाउन रोक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । भोलि (आइतबार) चितवनमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले राजमार्गसहित जिल्ला भर नै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पूर्णरूपमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

यसअघि प्रशासनले मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको थियो । तर उक्त निर्णय बदर गर्दै पूर्ण रूपमा बन्द गराउने निर्णय भएको हो ।

एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सवारी साधन भने चल्ने दिइने छ । बाँकी काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन्।

चितवन-२ सहित तनहुँ-१ र बारा-२ मा भोलि उपनिर्वाचन हुँदै छ । चितवन क्षेत्र नं २ मा एकसय ३८ वटा मतदान केन्द्र तोकिएका छन् ।