३ कार्तिक २०८३, मंगलबार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, ९ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुर्‍याए समस्या बढ्ने बताएका हुन् ।

‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ । यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्,’ मन्त्री श्रेष्ठले भने ।