
काठमाडौं, ९ वैशाख । कञ्चनपुरमा बाघले आक्रमण गरेर बेपत्ता पारेकी महिला मृत फेला परेकी छिन् ।
बेलौरी नगरपालिका–८ को खप्टीनालाकी गंगा चन्दलाई बाघले बेपत्ता पारेको थियो । यसैबीच बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।
प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। खप्टीनाला नजिकै झाडीमा बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लिइएको हो ।
बाघसँगै चन्दको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ ।















प्रतिक्रिया