
काठमाडौं, ९ वैशाख । प्राविधिक समस्या आएपछि चन्द्रागिरि केबलकारको सेवा बन्द भएको छ ।
शुक्रबार साँझ ६ बजेबाट बन्द केबलकार सञ्चालनको लागि प्राविधिक झिकाउने काम भइरहेको छ ।
केबलकारको गोन्डलामा फसेका यात्रुहरुलाई शुक्रबार बेलुका नै सकुशल रेस्कु गरिएको कम्पनीले जनाएको छ ।
प्राविधिक समस्या समाधान गरी आजैबाट केबलकारको सेवा सञ्चालन गर्ने कम्पनीको तयारी छ ।











प्रतिक्रिया