
स्याङ्जा, ९ वैशाख । नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीले शुक्रबार मिसन ग्रासरुट अभियानको समिक्षा बैठक सम्पन्न गरेको छ ।

बैठक अभियानका केन्द्रीय प्रतिनिधि एवं पार्टी पोलिटब्युरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यमा र पालिका अध्यक्ष खीम नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा थापा मगरले नेपालमा समाजवाद स्थापनाको अगुवाइ गर्न सक्ने एक मात्र पार्टी एमाले रहेको चर्चा गर्दै त्यसका लागि दलाल पुँजीवादले सृजना गरेका अवरोधहरु तोड्न सिंगो पार्टी कार्यक्रमिक योजनाको साथ अगाडी बढ्न जरुरी रहेको औँल्याए ।

गण्डकी प्रदेश उप-सचिव रश्मि आचार्यले अभियानको दौरानमा आम जनताले एमालेप्रति देखाएको भरोसा अद्वितीय रहेको चर्चा गर्दै त्यस अवस्थालाई पूँजिकृत गर्न अब पार्टी संगठनलाई नियमित परिचालन गर्न आवश्यक रहेको बताए ।
बैठकमा प्रदेश सचिवालय सदस्य चुन प्रसाद शर्मा, प्रदेश सदस्य नन्द कुमार थापा, जिल्ला सचिवालय सदस्य एवं पालिका इन्चार्ज विष्णु चन्द लगायत नेताहरुले समिक्षात्मक भनाइ राखे ।
बैठकले पार्टी सुदृढीकरण अभियानको बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ। बैठकको सञ्चालन पालिका उपाध्यक्ष ओम सिग्देलले गरेका थिए ।













प्रतिक्रिया