३० कार्तिक २०८३, सोमबार

काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । शुक्रबार साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले उक्त आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।