२९ आश्विन २०८३, बिहिबार

‘आईएमई–पे’बाट इन्स्योरेन्सको प्रिमियम तिर्दा १००% क्यासब्याकको मौका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ ।

आईएमई–पेको बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नवीकरण गर्न सक्ने कम्पनीले बताएको छ ।

सेवाअन्तर्गत आईएमई लाइफ, एशियन लाइफ, अजोड इन्स्योरेन्सलगायत अन्य विभिन्न इन्स्योरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न मिल्छ ।

लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आईएमई–पेबाट सो इन्स्योरेन्स पोलीसीहरुको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आईएमई–पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने बताइएको छ ।

आईएमई–पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एप हो ।