
काठमाडौं, ८ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।
आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।
अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उनले बताए ।
उनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा व्यक्त गरेका छन् ।
अब छिट्टै नै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दाबी उनको छ ।















प्रतिक्रिया