
काठमाडौं, ८ वैशाख । नेपाली क्रिकेट टीमका राइट आर्म लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले ओडीआई खेलमा सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटरका रुपमा कीर्तिमान बनाएका छन् ।
टीयु क्रिकेट मैदानमा जारी नेपाल र ओमानबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएर उनले आफ्नो व्यक्तिगत खातामा १०० विकेट जोडेका हुन् ।
उनले ४२ खेलमा १०० विकेट लिएर ओडीआई खेलमा कीर्तिमान बनाएका हुन् । यसअघि अफगानिस्तानका खेलाडी रासिद खानले ४४ खेलमा १०० विकेट बनाएर कीर्तिमान बनाएका थिए ।
उक्त कीर्तिमान आज नेपालका सन्दीप लामिछानेले तोडेका हुन् । यो समाचार तयार पार्दासम्म सन्दीपको व्यक्तिगत खातामा १०२ विकेट भइसकेको छ ।

















प्रतिक्रिया