२९ आश्विन २०८३, बिहिबार

जिल्ला प्रशासनको निर्देशनमा किन बन्द गरिदैछ मनकामना केबलकार ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका कारण केबलकार बन्द गर्न लागिएको हो ।

चितवनको कुरिनटारबाट गोरखाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेशन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।

वैशाख ११ गते देखि केबलकार पुन: सञ्चालनमा आउने छ ।