
काठमाडौं, ८ वैशाख । सामाजिक सञ्जार ट्विटरले मासिक शुल्क नतिर्ने भेरिफाइड एकाउण्टको ब्लू टिक हटाएको छ ।
कम्पनिका मालिक एलन मस्कले ब्लू टिकका लागि मासिक शुल्क तिनुपर्ने नियम बनाएसँगै यसअघि निःशुल्क रुपमा भेरिफाइड ब्लू टिक मार्फत आधिकारिकता प्राप्त गरेका एकाउण्टका ब्लु टिक गएरातिबाट हटेको छ ।
जसका कारण हजारौं आधिकारिक संस्था लगाएत सेलिब्रेटी प्रयोगकर्ताहरुको पनि ट्विटर एकाउण्टबाट ब्लू टिक हटेको छ ।
ब्लू टिकका लागि मासिक शुल्क तिरेका प्रयोगकर्ताहरुको भने ब्लू टिक कायम रहेको छ ।
ट्विटरले व्यक्तिगत प्रयोगकर्ताहरूको ब्लू टिकको लागि मासिक ८ अमेरिकी डलर र संस्थागत खाताको ब्लू टिकको लागि मासिक एक हजार डलर तिर्नुपर्ने नियम बनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।












प्रतिक्रिया