
काठमाडौं, ७ वैशाख । उद्योग विभागले विदेशी लगानीको स्वीकृति स्वचालित मार्गमार्फत गर्न सक्ने व्यवस्था गरेको छ ।
विभागले आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हाललाई दुई करोडदेखि १० करोड रुपैयाँसम्मका परियोजनाहरु प्रस्ताव भएका तोकिएका उद्योगहरुमा स्वचालित मार्गमार्फत विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको जनाएको हो ।
उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दैै सरकारका सम्वद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्नेगरी तयारी भइरहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
स्वचालित मार्ग अथवा अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृत गर्न विभाग आइरहनु नपर्ने उनले बताए ।
भारत, बङ्गलादेशलगायतका छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भइसकेको विभागले जनाएको छ । नेपालमा लगानीमैत्री वातावरण सृजना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रक्रियालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको विभागले जनाएको छ ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया