२९ आश्विन २०८३, बिहिबार

थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६४५ जनाको स्वाब परीक्षण गर्दा १०३ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र एक हजार १८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ जना छ । सक्रिय सङ्क्रमितमध्ये २६ जना आइसोलेसन, ८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।