२९ आश्विन २०८३, बिहिबार

दाङको फूलबारीमा १६ वर्षीया किशोरी बलात्कृत, पक्राउ परे दीपेन्द्र

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ७ वैशाख । दाङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय दीपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती किशोरीलाई वैशाख ४ गते राति ललाईफकाई तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।