३ कार्तिक २०८३, मंगलबार

कर्णालीमा चारजना मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । कर्णाली प्रदेशमा चारजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त नेपाली काँग्रेसका तीनजना र अर्का एकजना मन्त्रीले सपथ लिएका हुन् । नवनियुक्त नेपाली काँग्रेसका मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले सपथ लिएका हुन् ।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले ऊर्जामन्त्रीको रूपमा शपथ लिएकी छिन् । सबैलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त काँग्रेसका तीनजना मन्त्रीमध्ये सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, पोखरेलले सामाजिक विकास मन्त्रालय र बिसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।