
काठमाडौं, ७ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व मनाइन्छ ।
आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइन्छ । यसैबीच, कलाकार दीपकराज गिरीले आमाको मुख हेर्ने दिनमा भावुक स्टाटस् लेखेका छन् ।
उनले आफूसँग आमा नरहेको र आमाको फोटो पनि नरहेको लेखेका छन् । गिरीले आफूले आमा मान्ने नेपाली चलचित्र क्षेत्रका तीनजना वरिष्ठ अभिनेत्रीहरूको तस्वीर राख्दै उनीहरूलाई नै धेरै पटक चलचित्रमा आमा भनेर सम्बोधन गरेको र उनीहरूलाई भेट्दा आमाकै भाव आउने बताएका छन् ।
‘आमा त हुनुहुन्न आमाको फोटो पनि छैन । तर उहॉहरूलाई धेरै पटक चलचित्रमा आमा भनेर सम्बोधन गरेको छु । उहॉहरूलाइ भेट्दा पनि आमा कै भाव आउँछ । अत: उहॉहरू लगायत सबै साथिभाइका आमा, त्यसै गरेर मलाइ छोरा मान्ने सबै आमाहरू लाइ नमन । सबै आमाहरूको एक साथ मुख हेरे है ! जय आमा !,’ उनले लेखेका छन् ।















प्रतिक्रिया