
काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंक अफ काठमाण्डूलाई मर्ज गरेको बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म ४ अर्ब ३५ करोड नाफा कमाएको हो ।
सोही अवधीमा बैंकले गत वर्ष ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने १६.९६ प्रतिशतले बढी हो ।
वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ भने ६ अर्ब ६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड भएको बैंकले जनाएको छ । बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब कर्जा परिचालन गरेको छ ।















प्रतिक्रिया