
काठमाडौं, ७ वैशाख । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको छ ।
सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेको प्रभुले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको हो ।
गत आर्थिक वर्षको अवधिमा बैंकले १ अर्ब ७५ करोड खुद नाफा कमाएको थियो ।

बैंकले तेस्रो त्रैमाससम्ममा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपात ३.४८ प्रतिशत रहेको छ भने ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको बैंकले जनाएको छ ।















प्रतिक्रिया