
काठमाडौं, ७ वैशाख । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ औँसीको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यका अनुसार नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार मातातीर्थ औँसीको अवसरमा सार्वजनिक विदा दिइएको हो ।
नगरपालिकाले सार्वजनिक विदा दिएसँगै आज चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुने भएका छन् ।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।











प्रतिक्रिया