
काठमाडौं, ६ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।
रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ । मंगलबारका लागि पनि पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।
महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने निर्णय गरेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको भन्दै रिट दायर गरेको थिए ।















प्रतिक्रिया