३ कार्तिक २०८३, मंगलबार

डीएभी स्कुलको दादागिरी- उपेन्द्र सुब्बाकी छोरीलाई अपमान गर्दै स्कुलबाटै निकालियो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । जावालाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती स्कुलको दादागिरी सार्वजनिक भएको छ । एक छात्रालाई फेल भएको भन्दै विद्यालयबाटै निकालेपछि स्कुलको दादागिरी सार्वजनिक भएको हो ।

स्कुलबाट निकालिएकी छात्रा हुन् कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाकी छोरी । विद्यालयले गरेको अपमानबारे सुब्बाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

सुब्बाकी माइली छोरीले जावलाखेलको डीएभी स्कुलबाट कक्षा ९ को परीक्षा गत चैतमा दिएकी थिइन् । तर, रिजल्ट आउँदा भने उनी फेल भइन् । छोरी फेल भएपछि स्कुलका सह-प्रधानाध्यापकले गरेको व्यवहारबाट सुब्बा दुखी भएका छन् ।

‘मेरो माइली छोरी जावलाखेलको सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन् । परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन् । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्ना साथ यसको बुवा खै ? किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन् । भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने भन्दै आमा छोरी दुवै मसँग रोए,’ उनले लेखेका छन् ।

सुब्बाले छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौँ अन्तै लैजाउ’ भन्नु स्कुलको गैरजिम्मेवारी भएको बताएका छन् ।

‘कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ’ भन्नु स्कुलको गैरजिम्मेवारी हो भनेर सम्झेँ । विद्यार्थी कमजोर हुनुमा ८/९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हु कि विद्यार्थीको मात्रै ?,’ उनले प्रश्न गरेका छन् ।

सुब्बाले स्कुल गएर छोरीको ट्रान्सक्रिप्ट लिएको र अब ९-१० कक्षामा भर्ना गर्ने स्कुल खोजिरहेको बताएका छन् ।