
काठमाडौं, ६ वैशाख । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
केहिबेरअघिबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतको सहभागिता रहको छ ।

लामो समयदेखि रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्को बैठक बसेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।
यसअघि, प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेता प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सहमत भएका थिए ।













प्रतिक्रिया