१ कार्तिक २०८३, आइतबार

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ५ वैशाख । बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मंगलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् ।

दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो ।

बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सिन्ह्वा