३ कार्तिक २०८३, मंगलबार

अचेत रहेका शम्भुलाई रविको सन्देश- प्रिय भाइ हामी दुवैलाई हार्ने छुट छैन, छिटो ठिक भएर फर्क

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घरको छतबाट खसेर गम्भीर घाइते भएका आफ्ना सवारी चालक दिलबहादुर थापा ‘शम्भु’लाई सम्बोधन गर्दै भावुक स्टाटस् लेखेका छन् ।

लामिछानेले शम्भुलाई प्रिय भाई सम्बोधन गर्दै आफूहरूलाई हार्ने छुट नभएको बताएका छन् । रविले पीडामा पनि राजनीतिको रोटी सेक्नेहरूलाई चिनाउनु छ भन्दै छिटो ठिक भएर फर्कन भनेका छन् ।

‘प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक-एकलाई चिनाउनु छ । छिटो ठिक भएर फर्क मेरो भाइ,’ उनले लेखेका छन् ।

यस्तै उनले शम्भुको उपचारमा संलग्न चिकित्सकहरूलाई धन्यवाद पनि दिएका छन् । ‘सीओएमएस अस्पतालमा चिकित्सक होइन भगवान रहेछन्,’ रविले लेखेका छन् ।

रविले शम्भुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको पनि जानकारी दिएका छन् । शम्भुको काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा थप उपचार हुनेछ ।