
काठमाडौं, ५ वैशाख । नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केही आशा गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै आचार्यले सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ भन्दै समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केही आशा गर्न नसकिने बताएका हुन् ।
उनले संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै नभएको भन्दै सरकारले आफ्ना कार्ययोजनाहरु प्रष्ट रुपमा राख्नुपर्ने बताए । सरकारले आफ्नो जवाफदेहीता संसदप्रति देखाउनुपर्ने भएकाले आफुखुसी हिड्ने छुट कसैलाई नरहेको उनको भनाइ छ ।
मुलुकको व्यवस्थालाई उल्ट्याउने प्रयास भएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारमा बसेका व्यक्तिहरुले जनताको आशा पूरा गर्न नसके मात्रै उपलव्धि गुम्ने खतरा हुने धारणा सांसद आचार्यको छ ।
उनले संघीय सरकारको कामका कारण प्रदेश सरकार अपाङ्ग जस्तो भएको विचार व्यक्त गरेका छन् ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया