
काठमाडौं, ५ वैशाख । नेपालले एसीसी प्रिमियर कपमा मलेसियामाथि ६ विकेटको सानदार जित हात पारेको छ ।
टीयु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले सानदार विजयी सुरूवात गरेको हो ।
योसँगै घरेलु टोली नेपालले पहिलो खेलमा जितका साथ महत्वपूर्ण दुई अंक बटुलेको छ ।
जितका लागि २३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे । चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहे ।















प्रतिक्रिया