
काठमाडौं, ५ वैशाख । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
शान्तिबाटिकामा प्रदर्शन गर्दै पीडितहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
मंगलबार शान्तिबाटिकामै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपमा प्रहरीले बल प्रयोग गर्दै पीडितहरू घाइतेसमेत भएका छन् ।
पीडितहरूले सरकार आफ्ना मागहरू सम्बोधन गर्न गम्भीर नदेखिएको उल्टै दमन गर्न खोजेको आरोप लगाएका छन् ।















प्रतिक्रिया