३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्री श्रेष्ठ र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

चौथाइवाले सडकमार्ग हुँदै नेपाल भ्रमणमा आएका हुन् ।

मन्त्री श्रेष्ठ र चौथाइवालेबीच द्विपक्षीय सम्बन्ध साथै प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन् ।