
काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा ‘शम्भु’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
उनको अझै पनि होस् खुल्न सकेको छैन । सोमबार चितवन भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए ।
उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको टाउको र खुट्टामा गम्भीर चोटका साथै घाँटीको हड्डी भाँचिएको छ ।
घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया