
काठमाडौं, ५ वैशाख । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन पनि आइतबारकै मूल्य प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कोरोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
















प्रतिक्रिया