
काठमाडौं, ५ वैशाख । प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्ने भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९” पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।













प्रतिक्रिया