१ कार्तिक २०८३, आइतबार

एसीसी प्रिमियर कप आजदेखि, नेपाल र मलेसिया भिड्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे नौ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

यसैगरी, सोही समयमा अर्को खेल हङकङ र सिंगापुरबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

May be an image of 10 people and text that says 'ACC ACC ACC MEN'S PREMIER Cả P-NEPAL2023 NEPAL 2023 NEPAL AUDIARABIA ASIANG OMAN CRICKET UAE QATAR PREMIER HONGKONG KUWAIT BAHRAI ASIANC'

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।

यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।