
मकवानपुर, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन् ।
निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड मकवानपुर आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड बिहान १० जिल्लाको भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फाष्ट ट्रयाक अन्तरर्गत लेनडाँडाको अनुगमन गर्नेछन् ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाक अन्तर्गत बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्ने प्रमुख पाण्डेले बताए ।
पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे बकैया ५ को राजदमार स्थित सेनाको क्याम्पमा आइपुग्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकको हालसम्मको प्रगति बारे जानकारी लिनेछन् । उनी आजै दिउँसो काठमाडौं फर्कने छन् ।












प्रतिक्रिया