
सुर्खेत, ४ वैशाख । नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक आजदेखि प्रदेश राजधानी सुर्खेतमा सुरू भएको छ ।
एमाले कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समीक्षा बैठक भोलिसम्म चल्ने छ । बैठकमा कर्णालीका दश वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले रिपोर्टिङ गर्नेछन् ।
बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेवाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति छ ।
केन्द्रीय र जिल्ला प्रतिनिधिहरूले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरूले आफ्नो धारणा राख्नेछन् । एमालेले संगठन सुदृढीकरणका लागि फागुन ५ गतेदेखि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका तथा नगरपालिकामा खटाएको थियो ।















प्रतिक्रिया