२९ आश्विन २०८३, बिहिबार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, १०४ जना नयाँ सङ्क्रमित थपिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६३२ जनाको स्वाब परीक्षण गर्दा १०४ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमित निको भएका छन् भने थप एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७९ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३४ जना आइसोलेसन, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख २ हजार २४१ जना पुगेको छ भने ९ लाख ८९ हजार ८३९ जनाले संक्रमण जितेर निको भएका छन् ।

कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २३ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख २७ हजार १७१ जनाको पीसीआर र १५ लाख ५८ हजार ५५३ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको छ ।