३ कार्तिक २०८३, मंगलबार

सवारी चालक दुर्घटनामा परेपछि रविले भने- चोट लागेको बेला स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्ना सवारी चालकको दुर्घटनालाई राजनीतिककरण नगर्न आग्रह गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत आफू पीडामा रहेको भन्दै यो विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

उनले राजनीति गर्न सिंगो जीवन नै रहेको भन्दै संवेदनशिल घडीमा मौका नछोप्न भनेका छन् । उनले घाइते चालकलाई भाइ सम्बोधन गर्दै निरन्तर उनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिइरहेको र अहिले स्वास्थ्य स्थिर रहेको जानकारी दिएका छन् ।

‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला,’ उनले लेखेका छन्,‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला,’ उनले लेखेका छन् ।