
काठमाडौं, ४ वैशाख । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अस्वीकार गर्दै आएको छ ।
विधेयक पारित गर्नेबारे छलफल गर्न आज बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेताको बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त अडान कायमै राखेका छन् । हतारमा विधेयक पारित गर्दा पीडितको भावना समेट्न नसकिने तर्क एमालेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलको बैठकमा एमाले आफ्नो अडानबाट टसमस नभएपछि संवैधानिक परिषदको बैठक बस्ने सहमति भएको छ । तीन दलका शीर्ष तहको बैठकमा नेकपा एमालेले टीआरसी विधेयक टुंग्याउन शर्त राखेपछि संबैधानिक परिषदको बैठक बस्ने सहमति भएको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा आफूहरूले अडान राखेपछि संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । यसका साथै अब प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने आशा गर्न सकिन्छ ।















प्रतिक्रिया