२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा सङ्क्रमण देखियो

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा सङ्क्रमण देखिएको छ ।

पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएपछि सो भागको पानी निकालेर थप परीक्षण गर्न लागिएको छ ।

राष्ट्रपति पौडेल फलोअप परीक्षणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको बताइएको छ ।

छातीको तल्लो भागमा पानी देखिनु निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत भएको बताइन्छ ।