३ कार्तिक २०८३, मंगलबार

भर्ना प्रक्रियाविरूद्व चिकित्सकहरू आन्दोलित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रकृयाविरुद्ध चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरुले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुर्‍याएको उनीहरुको गुनासो छ ।

प्रदर्शनमा सहभागीहरुले न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ? मेरिट मिच्न पाइदैन, अस्पतालमा डाक्टर खै ? लगायतका प्लेकार्ड देखाएका थिए ।